१६ चैत, काठमाडौं । रुपन्देहीम कोरोना भाइरस विशेष अस्पतालमा उपचाररत एक युवकको मृत्यु भएको छ ।

पाल्पा स्थायी घर भएका ३३ वर्षीय युवकको बुटवल धागो काराखानामा सञ्चालन गरिएको कोभिड १९ विशेष अस्पतालमा उपचारका क्रममा मत्यु भएको हो । ती युवकमा कोरोना भाइरसको संक्रमण भने पुष्टि भइनसकेको लुम्बिनी प्रादेशिक अस्पतालका अध्यक्ष सूयबहादुर भट्टले जानकारी दिए ।

उनको स्वाब परीक्षणका लागि आजै काठमाडौं ल्याइएको छ र रिपोर्ट आइसकेको छैन । चैत ६ गते युएइबाट आएका उनी चैत ७ गते बस चढेर रुपन्देहीको सैनामैना पुगेका थिए । ज्वरो आएपछि स्थानीय मेडिकलमा स्वास्थ्य जाँच गराएका उनलाई चैत १३ गते लुम्बिनी प्रादेशिक अस्पताल अन्तर्गतको कोरोना अस्थायी अस्पतालमा भर्ना गरिएको थियो ।