१२ चैत, एजेन्सी । कोभिड १९ अर्थात कोरोना भाइरसको संक्रमणका कारण स्पेनमा आज एकै दिन ४ सय ४३ जनाको मृत्यु भएको छ । योसँगै स्पेनमा मृत्यु हुनेको संख्या ३ हजार ४ सय ३४ पुगेको छ ।

आज मात्रै ५ हजार ५ सय ५२ जना नयाँ संक्रमित थपिएका छन् । इरानमा आज मात्रै १ सय ४३ जना कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ । त्यहाँ २ हजार २ सय ६ जना नयाँ संक्रमित थपिएका छन् । जर्मनीमा १३, अमेरिकामा ४, स्वीट्जरल्याण्डमा २३, दक्षिण कोरियामा ६, बेल्जियममा ५६ जनाको मृत्यु भएको छ ।

विभिन्न देशमा आज ७ सय ३० जनाको मृत्यु हुँदा विश्वभर मृत्यु हुनेको संख्या १९ हजार ६ सय २० पुगेको छ । ४ लाख ३५ हजार ३ सय ९१ जनामा संक्रमण पुष्टि भएपनि तीमध्ये १ लाख ११ हजार ८ सय ७८ जना निको भएर अस्पतालबाट घर फर्किएका छन् ।