१८ चैत, एजेन्सी । कोरोना संक्रमणका कारण बेल्जियममा एक १२ वर्षीया बालिकाको मृत्यु भएको छ ।

बेल्जियन स्वास्थ्य मन्त्रालयका प्रवक्ता इम्यानुयल आन्द्रेले परिवारको गोपनीयताको अधिकारको सम्मान गर्दै ती बालिकाको पहिचान गोप्य राखिएको बताए । यो भावनात्मक रुपले निकै कठिन क्षण हो । कोरोना भाइरसले एक बच्चा, चिकित्सा र वैज्ञानिक समुदायलाई पनि प्रभावित गर्दछ ।

उनले सिएनएनसँग भने, हामी विशेष रुपमा मृत्यु भएकी बालिकाको परिवार र उनका आफन्तलाई सम्झिरहेका छौं । बालबालिकालाई कोरोना भाइरसको संक्रमण अत्यन्तै न्यून रहेपनि बेलाबेला हुने यस्ता दुर्लभ घटनाले चिन्तित बनाउने गरेको प्रवक्ता आन्द्रेको भनाई छ ।