२१ फागुन, काठमाडौं । भारतमा तेश्रो व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित व्यक्ति इटालियन नागरिक हुन्, जो अहिले जयपुरमा छिन् ।

भारतमा कोरोनाको पहिलो संक्रमण दिल्लीमा भेटिएको थियो भने दोश्रो संक्रमण बैंग्लोरमा भेटिएको थियो । दोश्रो संक्रमित व्यक्ति अहिले हैदरावादमा डाक्टरको निगरानीमा छन् । दिल्लीमा संक्रमित व्यक्तिको सम्पर्कमा आएका ६ जना पनि संक्रमित हुनसक्ने भन्दै अस्पतालमा राखिएको छ ।

चीनको उहानबाट शुरु भएको कोरोना भाइरसका कारण विश्वभर ३२ सय भन्दा धेरै मानिसको मृत्यु भइसकेको छ । भाइरसका कारण अहिलेसम्म ९५ हजार भन्दा धेरै मानिस संक्रमित भइसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।