१८ चैत, एजेन्सी । विश्वर कोभिड १९ अर्थात कोरोना भाइरस संक्रमितको संख्या ८ लाख नाघेको छ ।

पछिल्लो पटक १५ हजार ३ सय ८ जना नयाँ संक्रमित थपिएसँगै संक्रमितको संख्या ८ लाख २३ पुगेको छ । सबैभन्दा धेरै संक्रमित अमेरिकामा १ लाख ६४ हजार छन् । अमेरिकामा ३१ सय ७३ जनाको मृत्यु भइसकेको छ । मृतकको संख्या भने इटलीमा सबैभन्दा धेरै ११ हजार ५ सय ९१ छ । त्यहाँ संक्रमितको संख्या १ लाख १ हजार ७ सय ३९ पुगिसकेको छ । स्पेनमा पनि संक्रमितको संख्याँ ९५ हजार हाराहारी पुगेको छ ।

विश्वभर कूल मृतकको संख्या ३८ हजार ७ सय ४८ पुगेको छ । आज ९ सय ६५ जनाको मृत्यु भएपछि मृतकको संख्या बढेको हो । आज स्पेनमा ४ सय ७३ जनाको मृत्यु भएपछि त्यहाँ मृत्यु हुनेको संख्या ८ हजार १ सय ८९ पुगेको छ । इरानमा आज १ सय ४१ जनाले ज्यान गुमाएका छन् ।