३ असार, एजेन्सी।

क्याट्रिना कैफ अहिले आफ्नो अपकमिङ फिल्म ‘जग्गा जासुस’ को प्रमोशनमा बिजी छिन्। प्रमोशनको लागि सामाजिक सञ्जालको प्रयोग पनि निकै गर्दैछिन्। केही समय मात्र भयो क्याट्रिना इन्स्टाग्राममा आएकी, अहिले त्यहाँ अपलोड गरिएको तस्विरहरुमा उनी भन्दा उनकी बहिनी इसाबेला कैफको चर्चा बढी छ।

क्याट्रिनाकी बहिनी इसाबेला बलिउडमा इन्ट्री लिने कोसिस गर्दैछिन्। मोडलिङ गरिसकेकी इसाबेला अब क्याट्रिना झै बलिउडमा आउन चाहन्छिन्। बहिनीलाई लञ्च गराउन क्याट्रिना पनि लागिपरेकी छिन्। सलमान खानले नै इसाबेलालाई लञ्च गराउन सक्ने चर्चा पनि बलिउडमा छ।

३१ वर्षिया इसाबेलाको क्यानेडियन फिल्म Dr. Cabbie को निर्माता थिए सलमान खान। क्याट्रिनालाई बलिउडमा पनि सलमानले नै लञ्च गराएका थिए।