२९ फागुन, एजेन्सी । चीनबाट शुरु भएको कोरोना भाइरसका कारण चर्चित फुटबलर क्रिस्टियानो रोनाल्डो पनि प्रभावित भएका छन् ।
युभेन्ट्सबाट खेलिरहेका पोर्चुगलका फरवार्ड रोनाल्डो क्वारेन्टाइनमा बसेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । आमालाई भेट्न पोर्चुगल पुगेका रोनाल्डोलाई आफ्नै घरमा बसेका हुन् ।
रोनाल्डो क्वारेन्टाइनमा रहेको समाचार पोर्चुगलका अखबारले पहिलो पृष्ठमा प्रकाशित गरेका छन् । कोरोना भाइरसको कारण इटलीमा अप्रिल ३ सम्मको लागि सम्पूर्ण खेल स्थगित गरिएको छ ।
युभेन्ट्सले अन्तिम १६ को दोस्रो लेगमा फ्रेन्च क्लब लियोनसंग खेल्ने तालिका छ । उक्त खेल क्लोज डोरमा खेलाउने तयारी भएपछि कोरोनाकै कारण युईएफले खेल स्थगित गर्न सक्ने सम्भावना छ ।