२७ असोज, दाङ । शान्तिनगर गाउँपालिका–६ पहाडीपुर बस्ने ३० वर्षीय प्रकाश थापालाई धारिलो हतियार खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा सोही ठाउँ बस्ने २२ वर्षीय निम बहादुर वलीलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

सामान्य विवादको कारणले वलीले थापालाई खुकुरी प्रहार गर्दा घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय खिलतपुरबाट खटिएको प्रहरीले वलीलाई खुकुरी सहित पक्राउ गरेको हो ।

खुकुरी प्रहारबाट घाइते भएका थापालाई उपचारको लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगिएकोमा थप उपचारको लागि मेडिकल कलेज कोहलपुर रिफर गरिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।