२५ मंसिर, एजेन्सी । पछिल्लो केही समयदेखि बलिउड नायिका उर्वशी रौतेला र क्रिकेटर हार्दिक पाड्याको मित्रताको राम्र्रै चर्चा भएको थियो । रिर्पोटका अनुसार हार्दिकले उर्वशीलाई एक कुकुरको बच्चा पनि गिफ्ट दिएका थिए ।

हार्दिकले उर्वशीको पागलपंती फिल्म रिलिज भएपछि उनले उपहार दिएका थिए । तर त्यसको केही समयपछि नै हार्दिक पाड्याको प्रेमसम्बन्ध नताशा स्टेनकोविकको साथमा चलेको खबर फैलियो । भारतीय मिडियामा आएका खबरहरुलाई आधार मान्ने हो भने उनीहरुको आफ्नो प्रेमसम्बन्धमा एकदमै गम्भीर छन् ।

हालसालै भारतीय क्रिकेट टीमको विकेटकिपर ब्याट्सम्यान ऋषभ पन्तको साथमा देखिएकी छन् । एक भारतीय मिडियाका खबरका अनुसार उनीहरुलाई जुहुको एस्टेलामा राति ११ बजे देखिएको थियो । उनीहरु डिनर डेटमा गएको खबर भारतीय मिडियाले गज्जबले छापिरहेको छ ।

उनीहरुको डिनर डेट गएको चर्चा भन्दा पनि वेस्टइंडिजसँगको खेलको एकदिनअघि डेटमा गएको कुरालाई लिएर अहिले बढी चर्चा चलिरहेको छ । भारत र वेस्टइंडिजले अहिले मुम्बईको वानखेडे स्टेडियममा टी–ट्वान्टी खेल खेलिरहेका छन् ।