१३ चैत, काठमाडौं । कोरोना भाइरसको जोखिमका कारण देशभर सतर्कता बढिरहेको बेला पूर्व स्वास्थ्यमन्त्री एवं नेपाली कांग्रेसका सांसद गगनकुमार थापा मिडियाहरुमा छाउन थालेका छन् । उनले सरकारको राम्रा कामको समर्थन गर्दै कोरोना भाइरसको रोकथामको लागि सरकारलाई विभिन्न सुझावहरु पनि दिइरहेका हुन्छन् ।

एनले सरकारलाई विभिन्न सुझावहरु दिन थालेपछि सामाजिक सञ्जालमा उनलाई तत्कालै मन्त्री बनाउनुपर्ने कुरा उठ्न थालेको छ । पछिल्लो समय उनको संक्रियतालाई देखेर केही नेपाली कांग्रेसका कार्यकर्ता र केही सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले उनलाई मन्त्री बनाउनुपर्ने कुरा उठाएका हुन् । उनलाई मन्त्री बनाउनुपर्ने कुरा सामाजिक सञ्जालमा उठेपछि हास्यकलाकार एवं चलचित्र निर्माता दीपकराज गिरीले उनी मन्त्री बन्न नसक्ने बताउँदै सामाजिक सञ्जालमा स्टाटस लेखेका छन् । दीपकले गगन थापा कमजोर टीमको राम्रो स्टाइकर भएको बताउँदै विश्वकपमा स्टाइकर राम्रो भएर खेल्न नपाउने र टीम नै चयन हुनुपर्ने उल्लेख गरेका छन् ।’ उनले लेखेका छन्ः

थापाले हिजो मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीलाई खुल्लापत्र लेख्दै परीक्षणको दायरालाई फराकिलो बनाउनको लागि अनुरोध गरेका थिए । उनी सरकारको हरेक सकारात्मक कदममा साथ दिन तयार रहेको बताउँदै आएका छन् भने सरकारले तुरुन्त एक्सनमा जानुपर्नेमा पनि जोड दिइरहेका छन् । हिजोमात्रै उनले एक मिडियामा अन्तर्वार्ता दिँदै सरकारले ७२ घण्टाभित्रमा संक्रमितको साङ्लो (चेन) ब्रेक गर्नुपर्ने बताएका थिए । त्यसो गर्न नसकिएमा आइसोलेसन र क्वारेन्टाइन बेड बनाएर मात्र रोक्न सम्भव नरहेको चेतावनी दिएका छन् ।