२६ बैशाख, काठमाडौं । हिजो सरकारमा गएको बिजय गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमबाट आज तीन राज्य मन्त्री नियुक्त हुँदैछन् ।

स्रोतका अनुसार यशोदा लामा र डाक्टर सुवोध पोख्रेल राज्यमन्त्री बन्ने लगभग पक्का भएको छ भने जनक चौधरी र सुमित्रा चौधरी मध्येबाट एकजना राज्यमन्त्री बन्नेछन् । लामा विश्वेन्द्र पासवान नेतृत्वको दलित जनजाति पार्टीबाट हालै गच्छदारको पार्टीमा गएकी हुन् ।

तीन जनाले स्थानीय विकास, संस्कृति पर्यटन तथा नागरिक उड्डयन र भूमिसुधार तथा व्यवस्था राज्यमन्त्रीको जिम्मेबारी पाउनेछन् । आकांक्षी धेरै भएपछि अहिलेसम्म टुंगो लाग्न नसकेको हो ।

राज्यमन्त्रीको नाम टुंगो लगाउने जिम्मा अध्यक्ष गच्छदारलाई दिइएको छ । उनीहरुको आजै साँझ ५ बजे सपथ ग्रहण गराउने तयारी गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।