२३ चैत, काठमाडौं । संसदमा मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका बिजय गच्छेदारको पार्टी उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम भन्दा पनि ठूलो भएको छ ।

शिवलाल थापा नेतृत्वको जनमुक्ति पार्टी र दलित जनजाति पार्टीकी सांसद यशोदा लामा पनि मिसिएपछि गच्छेदारको पार्टी संसदमा पाचौं ठूलो दल बनेको हो ।

एकीकरण पछि फोरम लोकतान्त्रिकको संसदमा १७ सांसद भएका छन् । संघीय समाजवादी फोरमको १५ सांसद छन् । एकतापछि पार्टीको नाम नेपाल लोकतान्त्रिक फोरम राख्ने सहमति भएको फोरम लोकतान्त्रिकका प्रमुख सचेतक योगेन्द्र चौधरीले जानकारी दिए ।

पद बाँडफाँडको टुङ्गो भने एकीकरणपछि लाग्ने फोरम लोकतान्त्रिकका प्रमुख सचेतक चौधरीले बताए ।