काठमाडौं, १३ जेठ । नेपाल टेलिकमले गणतन्त्र दिवसका अवसरमा आफ्ना ग्राहकका लागि नयाँ अफर ल्याएको छ ।

यस अन्तर्गत ५० रुपैयाँमा ‘रिपब्लिक डे कम्बो प्याक’ उपलब्ध गराइनेछ । यो छुट अन्तर्गत ५० रुपैयाँमा प्याक खरिद गरिसकेपछि कुनै पनि समयमा ४ सय एमबी डाटा चलाउन, ३० मिनेट भ्वाइस कल गर्न र एक सय वटा एसएमस पठाउन सकिने टेलिकमले जनाएको छ ।

यो प्याक जेठ १४ गते मंगलबारदेखि १६ गते बिहीबारसम्म खरिद गर्न सकिने टेलिकमले विज्ञप्तीले उल्लेख गरेको छ । तीन दिनभित्र जुनसुकै समयमा खरिद गरिएको प्याक ७ दिनसम्म प्रयोग गर्न सकिनेछ । यो प्याक प्राप्त गर्नका लागि ग्राहकले *1415# डायल गरी खरिद गर्न सक्नेछन् ।