के तपाई पनि गर्मीमा आउने पसिना गन्हाएर हैरान हुनुहुन्छ ? पसिनाकै कारण कसैको अगाडि जान हिच्कीचाउनु हुन्छ ? चिन्ता नगर्नुस्, यस्तो समस्याबाट सजिलै छुट्कारा पाउन र ताजा महसुस गराउन विभिन्न उपायहरु अपनाउनुस् ।

पुरुषको लागी उपाय

  • नुहाइसकेपछि कागतीको रस, तथा अन्य फुलको रसबाट बनेको पर्फ्युम  प्रयोग गर्नुहोस् । यसले शरिरमा सुगन्ध छाउने छ ।
    एकदमै कडा बास्नादार पर्फ्युम प्रयोग नगर्नुस् ।
  • नियमित रुपमा काखी सफा गर्नुहोस् । नुहाउदा जहिले एन्टीव्याक्टेरियल साबुनको प्रयोग गर्नुस् ।
  • जंक फुड तथा कफि, अल्कोहल लगायत पेय पदार्थ नखानुस्

महिलाको लागी उपाय

  • महिलाले बास्नादार तथा फलफुलबाट बनेका पर्फ्युम  प्रयोग गर्नुस् ।
  • घरेलु पदार्थ जस्तै जिरा, कागती, कपुरबाट बनेका पर्फ्युमको प्रयोगले पसिना गन्हाउदैन ।
  • तनावको कारण पनि पसिना गन्हाउने हुन्छ । यसका लागी तनावमुक्त रहनुस् ।
  • तालीका मिलाई खाना परिवर्तन गर्नुस् ।
  • कपडाको रंग तथा कपडाको किसिमले पनि शरिरमा पसिनाको गन्ध आउन सक्छ । त्यसैले उपयुक्त कपडा छनोट गरेर लगाउनुस् ।

सबैभन्दा प्रभावकारी उपाय

पर्याप्त पानी खानुस। चुरोट, सुर्ती र रक्सी सेवन नगर्नुस् र शाकाहारी खाना मात्र खानुस्। केही समयमै पसिना गन्हाउने समस्या निर्मुल हुन्छ।