गोकुल बानियाँ
prachanda photo२३ साउन, पोखरा । आफ्नै अभिब्यक्तिले पटक पटक बिबादमा मुछिने गरेका एकिकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काम गराईको क्रममा पनि आफ्नो ढंग नपुगेको भन्दै पछुताएका छन् ।

आफुले पाएको जिम्मेवारी सहि ढंगले निर्बाह गर्न नसकेको उनले स्विकारे । संबिधान निर्माण, सरकार गठन र आफैले सरकारको नेतृत्व गर्दाको गल्ति सम्झदै उनले काम गराईको क्रममा तीन ठूलो गल्ति गरेको स्विकारेका छन् । हतियार बिसाएर शान्ति प्रक्रियामा आएपछि आफुले गरेका ठुला गल्ति सम्झदै उनले आत्मालोचना गरेका छन् ।

पोखरामा बुधबार आयोजित अन्तरक्रियामा दाहालले पहिलो संविधानसभाको निर्वाचनपछि तत्कालिन कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति नबनाउनु सबैभन्दा ठुलो भुल भएको स्विकारे । ‘ गिरिजाबाबुलाई राष्ट्रपति बनाएर म प्रधानमन्त्री हुनुपथ्र्यो उनले भने त्यसमा मेरै गल्ती भयो, मैले नै दिन नचाहेको हो । ’

आफु प्रधानमन्त्री भएर सरकारमा आएपछि पनि काम गर्ने शैली बिग्रिदा कटुवाल प्रकरण भएको उनले बताए । ‘विद्रोहबाट आएर सरकारको नेतृत्व गरेका हामीले तीन महिना पछि अबकास पाउन लागेका सेनापतिलाई कारवाही गर्नु भूल भयो । ’ उनले प्रष्ट भनेका छन् ।

त्यस्तै राज्य पुर्नसंरचनाको बिषयलाई मतदानमा नलगेर तेस्रो अर्को गल्ती थपिएको उनले स्पष्ट पारे । १० प्रदेश बनाउने सहमति भएर पनि कांग्रेस र एमालेले अन्तिम समयमा धोका दिएको उनको आरोप छ । आफु नरम स्वभाबको भएकाले पटक पटक गल्ति कमिकमजोरी भएको उनाको स्विकारोक्ति छ । शान्ति सम्झौताको हस्ताक्षरकर्ता मध्य गिरिजाप्रसाद कोईरालाको निधन भएकाले आफुमाथि चुनौति र जिम्मेवारी दुबै आएको प्रचण्डले बताए ।

संविधानसभा चुनावपछि ६ महिनाभित्र नयाँ संविधानको मस्यौदा बनाएर एक बर्षभित्र जारी गर्न ठुला दल सहमत भईसकेको उनले खुलासा गरे । कास्कीबाट निर्बाचनमा लड्न आग्रह गरेका कस्केली नागरिकलाई प्रचण्डले आफुले मधेसलाई बचन दिइसकेकोले यस पटक आफु मधेश बाटै निर्बाचन लड्ने बताए ।

यसैबिच एकिकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्बाचन बिथोल्ने शक्तिलाई देशैभर प्रतिबाद गर्न वाईसिएललाई निर्देशन दिएका छन् । वाईसिएलको जिल्ला भेला तथा प्रशिक्षण कार्यक्रमलाई बुधबार सम्बोधन गर्दै उनले निर्बाचन बिरोधी शक्तिलाई परास्त गर्न निर्देशन दिएका हुन् । ‘ निर्बाचन बिरोधीलाई देशभरबाट प्रतिबाद गरी परास्त गर्नुहोस् । ’ उनको प्रष्ट निर्देशन थियो ।

बैद्यको शक्तिले चुनाब रोक्न नसक्ने उनले दाबि गरेका छन् । सहमतिको लागि संबादको प्रक्रिया सुरु भएका बेला उनले मंसिर ४ मा निर्बाचन कुनैपनि हालतमा हुने र बैद्य नेतृत्वको शक्तिले रोक्न नसक्ने बताए । प्रचण्डले बैद्य माओवादी नेतृत्वको मोर्चाले राखेको माग मंसिरमा चुनाव हुन नदिने खालको भएकोले पूरा नहुने जिकिर गरे । वैद्य निर्बाचन विरोधीहरुको घेरामा परेको हुदा निर्बाचनमा भाग नलिने उनको आशंका छ ।