२६ पुस, एजेन्सी । ईरानी सेनाले गल्तीले युक्रेनी विमान मिसाइल प्रहार गरेर खसालेको स्विकार गरेको छ। ईरानी सरकारी टेलिभिजनले जनाए अनुसार विमान संवेशनशिल स्थानतर्फ मोडिएपछी मानविय भुलका कारण यस्तो भएको हो ।

विमानमा चालक दलका सदस्य सहित १७६ जना थिए। विमान तेहरानबाट युक्रेनको राजधानी किभ तर्फ जाँदै थियो। 

बोइङ ७३७ विमान युक्रेन इन्टरनेशनल एअरलाइन्सको थियो । 

यसअघि ईरानले मिसाइल प्रहार गरेको विमान खसालेको आरोपलाई इन्कार गर्दै आएको थियो। 

तर अमेरिका र क्यानडाले गोप्य सुचना र भिडियोलाई समेत आधार बनाएर लगातार दबाब बनाउँदै आएका थिए। दुबै देशले संभवत गल्तीले ईरानले विमानमा मिसाइल प्रहार गरेको भन्दै आएका थिए।

अन्तत ईरानी सेनाले आफैले विमान खसालेको तर नियतवश नगरेको स्विकार गरेको छ। 

ईरानीको सरकारी टेलिभिजनले जनाए अनुसार विमान रिभोलुश्नरी गार्डको कोर बसेको नजिक पुगेपछि मानविय भुलका कारण मिसाइल प्रहार भएको र गल्ती गर्नेलाई कानुनी कारवाही हुने सेनाको विज्ञप्तीमा छ। 

यसैबीच ईरानका राष्ट्रपति हसन रुहानीले युक्रेनी विमान खसाल्नु त्रासदीपुर्ण घट्ना भएको भन्दै गल्ती गर्नेलाई माफ नगरिने बताएका छन्। 

इरानका विदेशमन्त्री जाभद जरिफले ट्विट गर्दे खेद व्यक्त गरेका छन्।