९ मंसिर, ललितपुर । राजधानीको लगनखेलमा ड्युटीमा खटिएका प्रहरीलाई घुस दिन खोज्ने दुई युवक पक्राउ परेका छन् । ललितपुर महानगरपालिका–१२ लगनखेलस्थित प्रहरीलाई नगद २ हजार रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने दुई युवा पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा ललितपुर हरिसिद्धि बस्ने २५ वर्षीय सन्दिप महर्जन र रिपु महर्जनहुन् । उनीहरुलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो । लगनखेलमा खटिएको प्रहरीले बा ८८ प ६१२ नम्बरको स्कुटर जाँच गर्दा स्कुटरमा सवार उनीहरुलाई अवैध लागूऔषध गाँजा करिब ५० ग्राम बोकेका थिए ।

ghush

्गाँजा फेला पारेपछि नियन्त्रणमा लिने क्रममा उनीहरुले प्रहरीलाई २ हजार रुपैयाँ नगद दिन खोज्दा उक्त नगद तथा गाँजा सहित उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।