२४ साउन, दोलखा । दोलखा जिल्लामा गाई काटेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले भीमेश्वर नगरपालिका–१, ढुङेसाँगुबाट मासुसहित दुई जनालाई पक्राउ गरेको जनाएको छ ।

गाई काटेर मासु भाग लगाउँदै गरेको अवस्थामा आलम्पु–१ का ४५ बर्षीय बलबहादुर थामी र भीमेश्वर नगरपालिका–१० का दिलबहादुर तमाङलाई पक्राउ गरेको प्रहरी नायव उपरीक्षक सुरेश काफ्लेले जानकारी दिए ।

थामी र तामाङले आफैले खानका लागि गाई काटेर मासु भाग लगाएको प्रारम्भीक बयान प्रहरी समक्ष दिएका छन् ।