३ साउन, काठमाडौ । नवयुवा गायक तथा अभिनेता सुहाङ लिम्बूको ‘निरमाया’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

‘उनको अनि मेरो कथा’ एल्बममा समावेश यस गीतको म्युजिक भिडियो ‘हाइटाइट्स नेपाल’ले आफ्नो युट्युव पेज मार्फत् सार्वजनिक गरेको छ । म्युजिक भिडियोलाई मिनसोहाङ लिम्बूले निर्देशन गरेका छन् भने सेसे लिम्बूले छायांकन गरेका छन् । गीतमा संगीत तथा गीत लेखन सुहाङ आफैँको रहेको छ ।

त्यस्तै, म्युजिक भिडियामा मोडल रजनी राई र निरशिक राईको साथमा गायक सुहाङको पनि अभिनय हेर्न सकिन्छ । चार बर्षदेखि संगीत क्षेत्रमा लागेका गायक सुहाङ लिम्बूको यो पहिलो एल्बम हो । यस एल्बममा समावेश चार वटै गीतका शब्द रचना सुहाङ तथा संगीत भर्ने काम सुहाङ लिम्बु आफैँले गरेका छन् ।

अहिले सुहाङ ‘करोडौँकी गायिका भनिएकी चर्चित गायिका मेलिन राईसँग अर्को एल्मब ‘प्रेरणा’ ल्याउने तयारीमा व्यस्त छन् ।

(हेर्नुस् भिडियो)