२६ माघ, काठमाडौं । एक महिलालाई जबरजस्ती करणी उद्योग गरेको अभियोगमा नुवाकोट बेलकोटगढी नगरपालिका–१२ घर भएका २५ वर्षीय बिशाल भन्ने रमेश प्रसाद वाग्लेलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

बुढानिलकण्ठ नगरपालिका–६ बिष्णुमतीस्थित हाम्रो फेलोसिप पुनःस्थापना केन्द्रका सुरक्षागार्डले सोही केन्द्रमा उपचाररत एक महिलालाई जबरजस्ती करणी उद्योग गर्ने गरेको महानगरीय अपराध महाशाखा टेकुले जनाएको छ ।

वाग्लेले बिभिन्न बहाना बनाई, एकान्तमा बोलाई सम्झाउने बहानाले महिलालाई जबरजस्ती करणी उद्योग गरेको खुल्न आएपश्चात् प्रहरीले उनलाई पक्राउ गरेको हो । वाग्लेलाई आवश्यक अनुसन्धान एवं कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको छ ।