एजेन्सी ।

हरेक अकाउण्टका लागि पासवर्ड सम्झिराख्नु निक्कै झन्झटिले काम हो । कहिले काँही छ पासवर्ड विर्सिएर तनाव समेत हुन्छ । अव भने गुगलले क्रोमका लागि स्मार्ट लक फर पासवर्ड नामक पासवर्ड म्यानेजर ल्याएको छ । यसले तपाइँको पासवर्ड सम्झिदिन्छ । यसमा पासवर्ड सेभ गरेपछि प्रत्येक पटक लगइन गर्दा क्रिडेन्सल्स सबमिट गर्ने झन्झट पर्दैन ।

google

गुगलले यो फिचरलाई पुरै सार्वजनिक गरेको छैन तर पासवर्ड म्यानेजरको मद्दतले एण्ड्रोइड एप र क्रोममा कुनै पनि डिभाइस साइन अप गर्न सकिन्छ ।

कुनै पनि डिभाइसबाट एक पटक स्मार्ट लक फर पासवर्डमा पासवर्ड सेभ गरेपछि जतिपटक र जहाँबाट क्रोममा लग इन गर्नु परेपनि पासवर्ड दिइराख्नु पर्ने झन्झट हुँदैन । तर त्यसका लागि जुन अकाउण्टको पासवर्ड सेभ गरेको हो त्यही नै अकाउण्ट प्रयोग गर्नु पर्छ ।

google tricks

गुगलले यो स्मार्ट लक सिष्टमले पासवर्ड भुल्ने युजरको समस्या समाधान हुने अपेक्षा गरेको छ । रमाइलो कुरा त यो स्मार्ट लक पासवर्ड सर्भिस गुगल प्ले स्रभिस 7.5 को एक हिस्सा नै हो । यसका प्रयोग कर्ताले पासवर्ड पटक पटक दिनु पर्ने छैन ।