एजेन्सी । भारतको गुजरात शहरमा एक व्यवसायिक कम्प्लेक्समा आगलागी हुँदा १५ छात्रासहित १९ जनाको मृत्यु भएको छ ।

शुक्रबार साँझ चारतले भवनमा कोचिंग चलिरहेकाले धेरै विद्यार्थीले ज्यान गुमाएका हुन् । अहिलेपनि धेरै विद्यार्थी कम्प्लेक्सभित्रै फसेको अनुमान गरिएको भारतीय संचारमाध्यामले जनाएका छन् । विद्युत सर्ट भएर आगो लागेको हुन सक्ने बताइएको छ ।

चारजनाको भागदौडका क्रममा मृत्यु भएको हो । दमकल ढिलो गरी पुगेकाले ठूलो क्षति भएको स्थानीयले आरोप लगाएका छन् । घटनाप्रति प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गरेका छन् ।