१३ भदौ, एजेन्सी । भारतको विहारमा गुट्खा र पानमसलामाथि प्रतिबन्ध लगाइएको छ । नितिश कुमारको सरकारले रक्सीमाथि प्रतिबन्ध लगाएपछि गुट्खा र पानमसलामाथि पनि एक वर्षसम्म प्रतिबन्ध लगाएको हो ।

प्रदेश सरकारले आफ्ना नागरिकको स्वास्थ्य ख्याल गर्ने उद्देश्यले पान मसलाको विक्रीवितरणमा पूर्ण प्रतिबन्ध लगाएको हो । पान मसलामा म्याग्नेसियम कार्बोनेटको मात्र भेटिएको भन्दै पछिल्लो केही समय यता राज्य सरकारलाई गुनासो आएपछि यस्तो कदम चालिएको भारतीय संचारमाध्यामले जनाएका छन् ।

यसैवर्ष जुन र अगष्टकाे बिचमा खाद्य संरक्षण विभागले २० ब्राण्डका पान मसलाको नमुना परीक्षण गरेपछि म्याग्नेशियम कोर्बोनेट भएको पत्ता लगाएको थियो । जसका कारण ह्दयघातजस्ता गम्भीर विरामी हुने भएकाले पान मसलामा प्रतिबन्ध लगाइएको प्रदेश सरकारको दाबी छ ।