काठमाडौं, ५ बैशाख । गुडिरहेको बसमा आक्रमणकारीले अन्धाधुन्ध गोली हान्दा कम्तीमा १४ जनाको मृत्यु भएको छ ।

दुईजनाले भागेर ज्यान जोगाएका छन् । अहिलेसम्म आक्रमणको कारण स्पष्ट भएको छैन । बलूचिस्तान प्रान्तको ओरमारास्थित मकरान कोस्टल हाईवेमा आक्रमणकारीहरुले ५-६ वटा बसका यात्रुहरुलाई ओरालेर गोली हानेको डन न्यूजले उल्लेख गरेको छ ।

प्रहरीले १५–२० जना अपरिचित सशस्त्र हतियाधारीले आक्रमण गरेको बताएको छ । कराँचीबाट ग्वादर गईरहेका यात्रुहरुमाथि आक्रमण भएको हो ।