२६ बैशाख, काठमाडौं ।

गुण्डा नाइके चक्रे मिलनलाई प्रहरीले काठमाडौंबाट पक्रेको छ । उनलाई आफ्नै घर महाराजगन्जबाट पक्राउ गरेको काठमाडौं प्रहरी प्रमुख छविलाल जोशीले जानकारी दिए ।

आसन्न स्थानीय तह चुनावको सुरक्षामा केन्द्रित भएर उनलाई पक्राउ गरिएको जोशीले जानकारी दिए । प्रहरीले केही दिन अघि गुण्डा नाइके दीपक मनाङ्गेलेलाई पनि पक्रेको थियो ।