९ पुस, रुकुम । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गुरिल्ला ट्र्याकको उद्घाटन गरेका छन् । आज विहानै हेलिकोप्टरमा रुकुमको चुनवाङ भेरीडाँडा पुगेका प्रचण्डले गुरिल्ला ट्र्याक र तथा ऐतिहासिक जनयुद्ध संग्रहालयको उद्घाटन गरेका हुन् ।

उत्तर र दक्षिणको जुधाई बिचमा नेपालको मिचाईं ?

उद्घाटन कार्यक्रममा बोल्दै प्रचण्डले जनयुद्धका आधार ईलाकाहरुबाट उर्जा लिएर संविधान कार्यन्वयनमा लाग्ने बताए । रुकुम र रोल्पा लगायतका आधार ईलाकाहरुले जनयुद्धका क्रममा ठुलो सहयोग गरेको भन्दै प्रचण्डले भने, ‘अब तपाइहरुकै साथ र हौसलाले संविधान कार्यन्वयनमा पनि ठुलो सहयोग गर्ने बताए ।

जनयुद्धका आधार ईलाकाका जनताको भावना बुझेर अघि बढ्दा मात्र आर्थिक समृद्धि र समाजबादको आधार तयार हुने भन्दै प्रधानमन्त्री प्रचण्डले आगामी दिनमा हुने संबिधान संसोधन र कार्यन्वयनमा त्यसले ठुलो भुमिका खेल्ने बताए ।

राजधानी बस्नै छोडे प्रचण्ड

यसअघि माओबादी गुरिल्ला (लडाकु)हिडेको बाटोमा अब आन्तरिक तथा बाह्य पर्यटकहरु हिड्ने बताउदै देशकै पर्यटन क्षेत्रमध्य गुरिल्ला ट्रेल आर्कषणको केन्द्र बन्ने समेत दाबी गर्दै सरकार यस्तो प्रवद्र्धनमा हरक्षेत्रबाट लाग्ने बताए ।

के हो गुरिल्ला ट्रेकिङ ?

माओवादीले सशस्त्र युद्धका क्रममा उसका गुरिल्ला (लडाकु)ले प्रायःजसो प्रयोग गर्ने गरेको बाटोमा हिँड्नु नै गुरिल्ला ट्रेकिङ हो । गुरिल्ला हिँडेको बाटोबाटै हिँडेर युद्धकालका अवशेषहरू हेर्न पाइने गरी यो ट्रेकिङ बनाइएको छ । माओवादी लडाकुहरूले रुकुम रोल्पाका निकै कठिन बाटाहरू प्रयोग गरेका छन्, घना जंगलमा हिँडेका छन्, विकट बस्तीहरूमा सेल्टर लिएका छन् ।

सभापति देउवा पक्षमा गुटको आतंक बढ्दै

ती सबै स्थलहरू समेटिने गरी गुरिल्ला ट्रेकिङको रुट तय गरिएको छ । ठाउँ ठाउँमा होमस्टेको पनि व्यवस्था गरिएकाले विदेशी पदयात्रीको आकर्षक गन्तब्य बन्न सक्ने अपेक्षा गरिएको छ ।