२७ असार, काठमाडौं ।

गृहमन्त्री जनार्दन शर्मा आठौं सार्क गृहमन्त्री स्तरीय बैठकमा सहभागि हुन आज श्रीलंका प्रस्थान गरेका छन् । उनी असार ३० गते मात्र स्वदेश फर्कने कार्यक्रम छ । श्रीलंकाको कोलम्बोमा हुने बैठकमा सार्क सुरक्षाका बारेमा छलफल हुनेछ ।

यसैबीच विदेश जानु पर्ने भएकाले गृहमन्त्री शर्माले आफू ३० गतेसम्म प्रत्यक्ष सम्पर्कमा नभए पनि अत्यावस्यक कामका लागि गृहमन्त्रालयको सचिवालयमा सम्पर्क राख्न सबैलाई अनुरोध गरेका छन् ।

विदेश उड्नुअघि फेसबुकमा स्टाटर लेखेर मन्त्री शर्माले यस्तो आग्रह गरेका हुन् ।

आठौं सार्क गृहमन्त्री स्तरीय बैठकमा सहभागी हुन श्रीलंकाको कोलम्बो जानुपर्ने भएकाले आषाढ ३० गतेसम्मका लागि प्रत्यक्ष सम्पर्क नभए पनि आवश्यक काम काजका लागि गृह मन्त्रालयको सचिवालयमा सम्पर्क गर्नुहोला ।