१२ भदौ, काठमाडौं । सरकारले ३१ जिल्लाका प्रमुख जिल्ला अधिकारी सरुवा गरेको छ । गृह मन्त्रालयले आज विहीबार सरुवा र पदस्थापनको निर्णय गरेको हो ।

HomeMinistry

ललितपुरका सिडियो प्रेमराज जोशी जिल्ला प्रशासन कार्यालय मकवानपुरमा सरुवा भएका छन् । मकानपुरका सिडियो आस्मान तामाङलाई धादिङ पठाइएको छ । काठमाडौंका सिडियो रामप्रसाद आचार्यलाई गृह मन्त्रालय तानिएको छ भने झापाका सिडियो जनकराज दाहाललाई काठमाडौं जिल्ला प्रशासन कार्यालयमा ल्याइएको छ । (हेर्नुस नामावली)