मार्गरेट कन्स्टान्स विलियम्स्, मेइसी विलियम्स्को नामले चिनिन्छिन्। यी ब्रिटिस नायिकाले सन् २०११ मा गेम अफ थ्रोन्स सिरिजमा आर्या स्टार्कको भूमिकाबाट आफ्नो अभिनय करिअर सुरु गरेकी थिइन। यो पात्रको लागि अडिसन दिएका ३०० युवतीहरुले उछिन्दै उनी यो विश्वव्यापी बनेको टेलिश्रृङ्खलाको प्रमुख पात्रहरु मध्ये एक बनिन।

मेइसीले सन् २०१४ मा ‘द फलिङ’ नामक मिस्ट्री जनरको फिल्ममा पनि अभिनय गरेकी छिन्। उनले विभिन्न एड्भेन्चर-फेन्टासी एनिमेटेड वेब सेरिजहरुमा आफ्नो आवाज दिएकी छिन।

एचबीओको चर्चित शो ‘गेम अफ थ्रोन्स’को अन्तिम सिजन (सिजन ८)को ट्रेलर रिलिज भइसकेको छ। यसको पहिलो भाग अप्रिल १४ बाट प्रसारित हुन गइरहेको छ।

यता सुटिङ सकेर अन्तरवार्ताहरुमा व्यस्त देखिने मेसीको पहिलो टेड टक सार्वजनिक भएको छ। सम्भवतः गेफ अफ थ्रोन्सका कलाकारहरुबीच मेसी पहिलो कलाकार हुन जसले टेड टकमा भाग लिएकी छिन्।

चर्चित होइन बुद्धिमान हुन प्रयत्न गर्नुस् शीर्षकमा हेर्नुस् उनको पहिलो टेड टकः