२१ भदौ, काठमाडौं । विश्व क्रिकेटको सर्वोच्च संस्था आईसीसीले टी–ट्वान्टी तर्फको बरियता सार्वजनिक गरेको छ ।

सार्वजनिक बरियताअनुसार नेपाली क्रिकेट टीमका कप्तान पारस खड्काले वेस्टइंडिजका दुई कडा खेलाडीहरु क्रिस गेल र आन्द्रे रसललाई पनि पछि पारेका छन् । सार्वजनिक बरियता अनुसार टी–ट्वान्टीको अलराउण्डर तर्फ कप्तान खड्का २७ औं स्थानमा छन् ।

आन्द्रे रसल बरियताको ५१औं स्थानमा छन् भने रसल ४३औं स्थानमा छन् । २७औं स्थानमा स्थानमा उनीसँगै भारतका सुरेश रैना र जिम्वावेका एल्टन चिगम्बुरा पनि छन् । सूचीको ६७औं स्थानमा नेपालका सोमपाल कामी छन् ।

टी–ट्वान्टी क्रिकेटको बलिङतर्फ नेपालका स्पिन बलर बसन्त रेग्मी ७२औं स्थानमा छन् भने सोमपाल कामी ७८औं स्थानमा छन् । त्यसैगरी ब्याटिङतर्फ कप्तान खड्का ६८औं स्थानमा छन् भने अरु खेलाडीले उत्कृष्ठ १ सय मा अटाउन सकेका छैनन् ।