२४ साउन, काठमाडौं । सुन्धाराको गेष्टहाउसमा हत्या गरिएकी युवती गोल्फुटारकी बबिता गुरुङ भएको खुलेको छ ।

मंगलबार सुन्धाराको पर्वतशिखर गेष्टहाउमा एक युवतीको हत्या भएको थियो । कोठा नम्बर ४०३ को शौचालयमा घाँटी रेटेर हत्या भएको अवस्थामा शव फेला परेपनि पहिचान हुन सकेको थिएन ।

प्रहरीका अनुसार समाचार सार्वजनिक भएपछि एक युवक आफ्नी श्रीमति हराएको भन्दै प्रहरी सम्पर्कमा आएका थिए । उनले शवका आधारमा युवतीको पहिचान गरेका थिए । उनले शवका आधारमा युवतीको पहिचान गरेका हुन् ।

उनले आफ्नी श्रीमतीको हत्या भएकाले घटनामा संलग्नको खोजी गरी कारबाहीको माग गर्दै बुधबारै महानगरीय प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएको स्रोतलाई उधृत गर्दै नागरिक दैनिकले छापेको छ ।