२ असोज, काठमाडौं । राजधानीको गैरीधारास्थित बिजुलीको पोलमा आगलागी भएको छ । बिहीबार दिउँसो ‘सर्ट सर्किट’का कारण आगलागी भएको पोलमा रहेका सम्पूर्ण तारहरु जले नष्ट भएका छन् ।

आगो नियन्त्रणका लागि दमकल आइपुग्न ढिलाइ भएकाले त्यसक्षेत्रका केवल टेलिभिजन, इन्टरनेट र टेलिफोनको तार जलेका छन् । आगलागीपछि त्यसक्षेत्रको कपिपय स्थानमा टेलिफोन, इंटरनेट र केवल टेलिभिजनमा समस्या देखिएको छ ।

आगलागीबाट मानवीय क्षति भएको छैन । आगो नियन्त्रणको लागि स्थानीय र प्रहरीले प्रयास गरेपनि प्रयास बिफल भएको थियो ।