४ भदौ, काठमाडौं । राजधानीको नयाँ बसपार्कमा एक जोडी महिला र पुरुष मृत अवस्थामा भेटिएका छन् । मोरङ पर्वत गेस्ट हाउसको कोठा नम्बर १११ मा चितवनका ३७ वर्षीय यमबहादुर मगर र मकवानपुरकी ३० वर्षीया सबिता भनिने सबिना बजगाईं मृत भेटिएका हुन् ।

‘कट्टु मात्र लगाएको अवस्थामा युवतीको शव खाटमुनि र युवकको खाटमाथि भेटिएको थियो’, महानगरीय प्रहरी वृत्तका डीएसपी फणिन्द्र प्रसाईं भने, ‘कसरी मृत्यु भयो भन्ने बारे छानविन भइरहेको छ ।’

राति ११ बजे होटलमा बसेका उनीहरु विहान खान खान बोलाउँदा पनि ढोका नखोलेपछि प्रहरी बोलाएर होटलको ढोका खोल्दा नग्न अवस्थामा मृत भेटिएका थिए । कोठामा मदिराका बोतलहरु पनि बरामद भएका छन् । घटनास्थल वरिपरि विष वा अन्य कुनै पनि प्रकृतिका औषधि भेटिएको छैन ।

अहिले परिवारलाई खबर गरेपछि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा दुवैको पोष्टमार्टम गरिनेछ । पुरुष र महिला दुवै विवाहित हुन् । महिलाका श्रीमान् वैदेशिक रोजगारीका लागि खाडी मुलुकमा छन् ।