१३ भदौ, ललितपुर । छिमेकीलाई धारिलो हतियार प्रहार गरी घाइते बनाएको अभियोगमा गोदावारी नगरपालिका–३ शान्तिवन बस्ने कृष्ण बहादुर तामाङलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

छिमेकीबीच वादविवाद हुँदा तामाङले सोही स्थान बस्ने ४३ वर्षीय रामशरण तामाङलाई चुलेसी प्रहार गरी घाइते बनाएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग वाँडेगाउँबाट खटिएको प्रहरीले कृष्ण बहादुरलाई पक्राउ गरेको हो ।

चुलेसी प्रहारबाट घाइते भएका रामशरण तामाङको बिएण्डबी अस्पतालमा उपचार भइरहेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।