काठमाडौं, ३ बैशाख । नयाँ वर्ष लागेसँगै नेपालमा लगातारजसो भूकम्प गइरहेको छ । मंगलबार दिउँसो १२ बजेर ३५ मिनेटमा गोरखा केन्द्र विन्दु भएर ४ दशमलब ५ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का महशुस भएपनि क्षतिको खबर भने छैन । यसअघि बैशाख १ गते विहानै बझाङ केन्द्रविन्दु भएर ४ दशमलब ८ रेक्टरका भूकम्प गएको थियो ।