१४ साउन, काठमाडौं ।

भारतको दार्जिलिङमा छुट्टै गोर्खाल्यान्डको माग गर्दै भईरहेको आन्दोलनका क्रममा आज फेरी गोली चलेको छ ।

गोली लागेर एकजनाको मृत्यु भएको छ । गोली लागि घाइते भएका अजय क्षेत्रीको उपचारका क्रममा मृत्यु भएको हो । सुकनाको प्रवेशद्वार रङटङ पुलमा प्रहरीले चलाएको गोली लागेर गाडीधुराका क्षेत्री गम्भिर घाईते भएका थिए ।

प्रहरीको गोली लागेर अन्य दर्जनौं घाईते भएका छन् । आज बिहान महानदी, तीनधारे, गाडीधुरालगायतका क्षेत्रबाट आएको खुकुरी जुलुसमा प्रहरीले हस्तक्षेप गरेको हो ।

पहाडबाट तराई सरेका आन्दोलनकारीहरुले प्रहरीको घेरा तोडेपछि गोली चलेको समाचारमा जनाईएको छ । यसअघि पहाड केन्द्रीत आन्दोलन गर्दै आएका आन्दोलनकारीहरुले अहिले तराई भेगमा जुलुस, र्याली गरिराखेका छन् ।