२७ साउन, काठमाडौं ।

डाक्टर गोविन्द केसीका माग पूरा गरी उनको जीवन रक्षाको माग गर्दै आज चिकित्सकहरुले देशभरका सरकारी अस्पतालको आकस्मिक बाहेकका सेवा बन्द गरेका छन् ।

सरकारी चिकित्सक संघ नेपाल ‘गोडान’को आब्हानमा चिकित्सकहरुले आकस्मिक बाहेकका सेवा अवरुद्ध गरेका हुन । वीर अस्पतालमा विहानैदेखि बहिरंग सेवा बन्द भएको छ ।

अन्य अस्पतालमा पनि सेवा प्रभावित भएको छ । चिकित्सा क्षेत्र सुधारको माग राखेर प्राध्यापक डाक्टर गोविन्द केसी १९ दिनदेखि शिक्षण अस्पताल महाराजगञ्जमा आमरण अनसनमा छन् ।

उनको माग पुरा गर्नका लागि सरकारले वार्ता गरिरहेपनि ठोस सहमति हुन सकेको छैन । संसदमा विचाराधिन चिकित्सा शिक्षा विधेयकमा माथेमा प्रतिवेदनका छुटेका बुँदा र आफ्ना थप सुझाव समेटन केसीले माग गर्दै आएका छन् ।