२१ मंसिर, काठमाडौं । १३ औँ दक्षिण एशियाली खेलकुदमा पौडी खेलमा दुईवटा स्वर्ण र एउटा कास्य जितेकी नेपाली पौडीबाज गौरिका सिंह १०० मिटर ब्याकस्ट्रोकमा स्वर्ण पदक जित्न चुकेकी छन् ।

शनिबार भएको प्रतिस्पर्धामा उनले निर्धारित दुरी १ मिनेट ०३.१५ सेकेण्डमा पूरा गरिन् । स्वर्णकी बलियो दावेदारका रुपमा हेरिएकी उनले रजत पदकमा चित्त बुझाउनुपर्‍यो ।

भारतकी मन्ना राजिव पटेलले स्वर्ण जितिन् । उनले १ मिनेट ०२.३५ सेकेण्ड समयमा दूरी पूरा गरिन् ।