कुशल श्रेष्ठ

भनेपछि तपाईँले नयाँ चम्किलो ‘सामसुङ ग्यालेक्सी एस-५’ लिनुभयो? बधाई छ! फोन त लिनुभयो तर, ग्यालेक्सी एस-५ मा सुरुमा के-के गर्नुपर्ने हो भनेर थाहा छैन भने हामी तपाईँलाई सहयोग गर्न सक्छौँ।

स्मार्टफोनको कुरा गर्दा, या भनौँ ग्यालेक्सी एस-५ को कुरा गर्दा, सुरुमा गर्नैपर्ने केहि कुराहरू छन्। जुन यसप्रकार रहेका छन्ः

१. जुन प्रकारको भएपनि पासवर्ड राख्नुहोस्

यदि तपाईँ आफ्नो फोटो, म्यासेज अनि अन्य डाटाहरूलाई सुरक्षित राख्न चाहनुहुन्छ भने अरू केहि नसोची पासवर्ड राख्नु आवश्यक हुन्छ। मोबाइल खोल्ने बित्तीकै पासवर्ड राख्नुभएको थिएन भने, Settings > Lock Screen > Screen Security मा जानुहोस्।Galaxy S5 Screen Lock Options

Swipe सेवामा कुनै पासवर्ड हुँदैन, त्यसैले हामी तपाईँलाई यो राख्न सल्लाह दिँदैनौँ। Pattern Lock भनेको राम्रो सुरक्षाको उपाय हो। FingerprintsPINs लाई त्यति सुरक्षित मानिँदैन तैपनि राख्न सक्नुहुन्छ। अनि Password भनेको सबैभन्दा सुरक्षित उपाय हो।

२. सामसुङ एप स्टोरमा साइन अप गर्नुहोस्

अन्य एण्ड्रोइड स्मार्टफोनहरूमा यो सामसुङ एप स्टोर हुँदैन। यो एप स्टोर सामसुङका सेटहरूमा मात्रै उपलब्ध रहेको छ। यो पनि ‘गुगल प्ले स्टोर’ जस्तै हो तर, अहिले अधिकांश एपहरू गुगलको प्ले स्टोरबाट हटाएर सामसुङ एप स्टोरमा राखिएको छ। त्यसैले यसको सुविधा लिनको लागि Sign Up अथवा Sign In गर्नुपर्ने हुन्छ। त्यसको लागि ब्राउजरमा जानुहोस् र SamsungApps.com मा गई नयाँ अकाउण्ट बनाउन सक्नुहुन्छ।Samasung Appstore

३. ग्यालेक्सीको झ्याउलाग्दो साउण्ड इफेक्टलाई बन्द गर्नुहोस्

ग्यालेक्सी चलाउनुहुन्छ भने त्यसको झिँझिारलाग्दो ‘क्वाक-क्वाक’ आवाजलाई त चिन्नुभएकै होला। टच गर्यो कि ‘क्वाक’! सुरुमा त ठीकै लाग्न सक्छ, तर चलाउँदै गर्दा त्यो साउण्ड सुन्दा सुन्दा वाक्क लागेर आउन सक्छ। त्यसैले सुरुमै त्यसलाई बन्द गर्नु उचित हुन्छ।Samsung Galaxy S5 Sound Option

त्यसको लागि स्क्रीनको माथिबाट ‘नोटिफिकेसन प्यानेल’मा गएर Sound बटनमा ट्याप गरेर vibrate अथवा silent गराउन सक्नुहुन्छ। यसो गर्दा फोनको रिङ्गटोन साउण्डमा समेत असर पर्न सक्छ। त्यसैले यो भन्दा राम्रो उपाय भनेको भित्र सेटिङ्ग्स बाटै त्यो साउण्डलाई मात्रै बन्द गर्नु उचित हुन्छ।

त्यसको लागि Settings > Sound मा जानुहोस्। अनि Touch SoundsSound When Tapped मा लागेको टिक हटाउनुहोस्।

अब ढुक्क भएर चलाउन सक्नुहुन्छ। साथै तपाईँको वरिपरि बसेकालाई पनि झ्याउ लाग्दैन।

४. मेमोरी कार्ड राख्नुहोस्

६४ जिबी वाला एस-५ छ भने त ठीकै छ तर, १६ जिबी वाला एस-५ छ भने चाहिँ एउटा मेमोरी कार्ड राख्दा उचित हुन्छ। किनभने सामसुङको सिस्टमले अति धेरै मेमोरी स्टोरेज कब्जा गरेर राख्दछ, जसले गर्दा अलिकति फोटोहरू खिच्दैमा पुरै स्टोरेज भरिन जान्छ र एपहरू पनि डाउनलोड गर्न पाइँदैन।Samsung Galaxy S5 External Card

५. फोनमा टाँस्सिएका सबै प्लास्टिकलाई हटाउनुहोस्

अधिकांश मोबाइल कम्पनीले आफ्नो डिभाइसको संवेदनशील भागलाई जोगाउनको लागि त्यसमा पातलो प्लास्टिक टाँस्ने गर्दछ, जस्तै; क्यामेराको लेन्स माथि अनि स्क्रीनमा। हुन त यो यस्तो प्लास्टिक नहटाउँदा पनि फरक त पर्दैन तर क्यामेराको लेन्समा टाँसेको प्लास्टिकले चाहिँ फोटोको गुणस्तरमा असर पुर्याउँदछ। त्यो प्लास्टिक झिकेर फोटो खिच्नुस् त कति क्लियर आउँछ!Samsung Galaxy S5 Camera Lens Sticker

तस्विर श्रोतः एण्ड्रोइड सेन्ट्रल

यति काम गर्नुभयो? यति भएपछि अब मज्जाले आफ्नो ग्यालेक्सी एस-५ चलाउनुहोस्।
अब यो पनि हेर्नुहोस्-
“मेरो एण्ड्रोइडबाट फोटो नै हरायो, त्यसलाई कसरी फिर्ता ल्याउने?”
“मेरो एण्ड्रोइड फोन ह्याङ्ग हुन्छ, के गर्ने?”
एण्ड्रोइड फोन चलाउनेलाई खुसीको खवरः गुगलले दियो नयाँ सुविधा
ह्वाट्सएपबाट आइफोन र एण्ड्रोइड दुवैमा अव निःशुल्क कल
मोबाइलमा समस्या ल्याउने ६५ एण्ड्रोइड एप्स
एण्ड्रोइडको फेसबुक म्यासेन्जरले एउटा भन्दा बढि अकाउण्ट सपोर्ट गर्ने