१७ चैत, काठमाडौं । ग्यास सिलिण्डर बोकाएर सडकमा बसाएको तस्वीर सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले अनुसन्धान थालेको छ ।

प्रहरीले सडकमा सिलिण्डर बोकाएर बसाएको दृश्य सार्वजनिक भएपछि सामाजिक सञ्जालमा आलोचना भएको थियो । त्यसपछि के उद्देश्यले सिलिण्डर बोकाइए भन्ने विषयमा छानविन थालिएको हो ।

नेपाल प्रहरीले आफनो सामाजिक सञ्जालमा एक पोस्ट गर्दै घटनाको बारेमा छानबिन थालिएको जानकारी गराएको छ । सामाजिक सञ्जालमा यसको ब्यापक चर्चा भएपछि प्रहरीले बाध्य भएर छानबिन गर्नुपरेको हो ।

प्रहरीले आफ्नो सामाजिक सञ्जालमा राखेको पोस्टमा भनेको छ, सामाजिक सञ्जालमा प्रहरी कर्मचारीले सर्वसाधारणलाई ग्यासको सिलिण्डर बोकाएर सडकमा बसाएको तस्बिरको सम्बन्धमा सबैबाट प्राप्त भएको सुझाव, गुनासोलाई प्रहरी प्रधान कार्यालयले गम्भिरताका साथ लिएको र आवश्यक छानबिन भइरहेको जानकारी गराउँदछौं ।’