१८ मंसिर, एजेन्सी । सुडानमा भएको सिरेमिक उद्योग परिसरमा भएको विस्फोटमा परी २३ जनाको मृत्यु भएको छ । १ सय ३० भन्दा बढी घाइते भएका छन् ।

केही शवहरु यति नराम्रोसँग जलेका छन् की उनीहरुलाई पहिचान गर्नै कठिन भएको छ । विस्फोट मंगलबार साँझ खार्तूनको बाहिर भएको थियो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अुनसार उद्योगमा सुरक्षा उपकरण थिएनन् ।

जसकारण आगो एकदमै तीब्र फैलिएको थियो । स्थानीय सञ्चारमाध्यमका अनुसार उद्योगमा ग्यास ट्याङ्कर खाली गर्नलाग्दा यो दुर्घटना भएको हो । दुर्घटनामा मृत्युहुनेमध्ये १८ जना भारतीय छन् । आगलागीको कारण जाँच गर्नको लागि कमिटी गठन गरिएको सुडान सरकारले जनाएको छ ।