१० पुष, एजेन्सी । सन् २०१९ को अन्तिम सूर्यग्रहण आज सकिएको छ । सूर्यग्रहणका शास्त्रीय र बैज्ञानिक मान्यताहरुछन् । दुवै मान्यताहरु कहिँ कहिँ मेल खाएपनि अधिकांश मिल्दैनन् ।

कतिपय ठाउँमा त ग्रहणको नाममा ठूलै अन्धविश्वास पनि कायम छ । भारतमा यस्तै भएको छ । कर्नाटकको गुलबर्गामा ग्रहणको समयमा जिउँदै बच्चा जमीनमा गाडिएको छ । यहाँ विकलांग बच्चालाई ग्रहण लागेका बेला जमिनमा घाँटीसम्म पुरिदिने चलन रहेको भारतीय संचारमाध्यामले जनाएका छन् ।

यसरी पुरिएका बालकहरु ग्रहण सकेर बाहिर निकाल्दा तन्दरुस्त भएर निस्कने विश्वास स्थानीयको छ । भारतमा विहान करिब ८ बजे सुरु भएको सूर्य ग्रहण दिउँसो साढे १ बजेसम्म रहेको थियो ।