२२ साउन, काठमाडौं । ग्लोबल टि–ट्वेन्टी क्रिकेटमा नेपाली लेग स्पीनर सन्दिप लामिछाने आवद्ध टोरोन्टो नेसनल्स र मोन्टरियल टाइगर्स बीच प्रतिष्पर्धा हुँदैछ ।

दुई टोली बीचको दोश्रो चरणको अन्तिम खेल राति सवा १० बजे हुनेछ । सन्दिप खेल्ने कि नखेल्ने टुंगो लागेको छैन । यस अघि पहिलो चरणमा पनि टोरोन्टो र मोन्टरियल भिड्दा टोरोन्टो ४ विकेटले विजयी भएको थियो । प्रतियोगितामा प्ले–अफ चरणको खेल बिहीबारदेखि सुरु हुनेछ ।

पहिलो क्वालीफायर खेल ब्राम्पटन र भानकुभर बीच हुनेछ जसको विजेता फाइनल प्रवेश गर्नेछ । उक्त खेल हार्ने टिमले भोली नै हुने तेश्रो र चौथो बीचको इलिमीनेटरको विजेतासंग शनिवार खेल्नेछ । फाइनल खेल आइतबार खेलिनेछ । अब आज हुने दोश्रो चरणको अन्तिम खेलमा टोरोन्टोले मोन्टरियल टाइगर्सलाई पराजित गरे प्ले–अफमा प्रवेश गर्नेछ ।