१९ साउन, काठमाडौं । क्यानडामा भइरहेको ग्लोबल टी–ट्वान्टीमा नेपाली बलरहरु सन्दीप लामिछाने र सोमपाल कामी सम्मिलित दुई टीमको खेल आइतबार राति भयो ।

दुई टीमकै खेलमा नेपालका दुवै खेलाडी सम्मिलित थिए । पहिलोपटक ग्लोबल टी–ट्वान्टीको बलिङ गरेका सोमपालले आफ्नो डेब्युलाई सफल बनाउन सकेनन् । उनले पहिलो खेलमा दुई ओभर बलिङ गर्दा ३३ रन खर्चिए । १०औं ओभरमा पहिलो बलिङ गरेका सोमपालले व्यक्तिगत पहिलो ओभरमा १५ रन खर्चिए । १६ औं ओभरमा दोश्रो ओभर बलिङ गरेका उनले त्यसमा १८ रन दिए । सोमपालले एक विकेट पनि लिन सकेनन् ।

उता सन्दीपको बलिङ पनि सम्झनालायक थिएन । पुरै चार ओभर बलिङ गरेका उनले १ विकेट निकाल्दै ४४ रन दिए । पहिलो खेलमा सन्दीप महंगो बन्न पुगे ।