३ चैत, काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेलको मूल्य घटाएको छ ।

सोमबार बसेको निगम सञ्चालक समिति बैठकले सोमबार मध्यराति १२ बजेदेखि लागु हुने गरी डिजेल र पेट्रोलसँगै मट्टितेल र हवाइ इन्धन आन्तरिकतर्फको मूल्य घटाएको हो ।

निगमले डिजेल पेट्रोल र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँले मूल्य घटाएको छ । यस्तै हवाई इन्धन आन्तरिकतर्फको मूल्य ४ रुपैयाँ ५० पैसाले घट्दा एलपीजी ग्यास र हवाई इन्धन अन्तराष्ट्रियको मूल्य भने पुरानै कायम गरेको छ ।

नयाँ मूल्यअनुसार अब उपभोक्ताले डिजेल र मट्टितेलमा प्रतिलिटर ९५ रुपैयाँँ, पेट्रोल १०६ रुपैयाँ प्रतिलिटर र हवाई इन्धन आन्तरिकतर्फ ९० रुपैयाँ प्रतिलिटर मूल्य तिर्नुपर्छ ।