१६ मंसिर, काठमाडौं । साताको दोश्रो दिन सुनचाँदीको मूल्य घटेको छ । सोमबार सुनको मूल्य २ सय रुपैयाँ प्रतितोला २ सय रुपैयाँ घट्दा चाँदीमा ५ रुपैयाँ प्रतितोला घटेको हो ।

सोमबार छापावाल सुनको मूल्य ७१ हजार ४ सय रुपैयाँ कायम भएको छ भने तेजाबी सुन ७१ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अुनसार सोमबार चाँदीको मूल्य ८ सय ५० रुपैयाँ कायम भएको छ ।

आइतबार छापावाल सुनको मूल्य ७१ हजार ६ सय रुपैयाँ प्रतितोला र तेजाबी सुनको मूल्य ७१ हजार ३ सय रुपैयाँ प्रतितोला थियो । यस्तै आइतबार चाँदीको मूल्य ८ सय ५५ रुपैयाँ प्रतितोलामा कारोबार गरेका छन् ।