६ मंसिर, काठमाडौं । शुक्रबार सुनको मूल्य घटेको छ । सुनमा प्रतितोला ३ सय रुपैयाँ घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।

शुक्रबार छापावाल सुनको मूल्य ७१ हजार ७ सय रुपैयाँ प्रतितोला कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार तेजाबी सुनको मूल्य ७१ हजार ४ सय रुपैयाँ प्रतितोलामा झरेको छ ।

शुक्रबार चाँदीको मूल्य ८ सय ६० रुपैयाँ प्रतितोला कायम रहेको छ । बिहीबार पनि चाँदीको मूल्य प्रतितोला ८ सय ६० रुपैयाँ थियो । बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ७२ हजार रुपैयाँ थियो भने तेजाबी सुनको मूल्य ७१ हजार ७ सय रुपैयाँ थियो ।