२४ पुस, काठमाडौं । साताको पाँचौँ दिन सुनचाँदीको मूल्य घटेको छ । बिहीबार सुनको मूल्यमा १ हजार रुपैयाँ घटेको छ भने चाँदीमा प्रतितोला २० रुपैयाँ घटेको छ ।

बिहीबार छापावाल सुनको मूल्य ७५ हजार ५ सय रुपैयाँ कायम भएको छ भने तेजाबी सुनको मूल्य ७५ हजार २ सय रुपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदीको मूल्य ९ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको छ ।

बुधबार सुनको मूल्य अहिलेसम्मकै उच्च भएको थियो । बुधबार छापावाल सुनको मूल्य प्रतितोला ७६ हजार ५ सय रुपैयाँ पुगेको थियो । अमेरिका र ईरानबीचको पछिल्लो तनावका कारण सुनको मूल्यमा वृद्धि भएको महासंघको भनाई छ ।