१० मंसिर, काठमाडौं । साताको तेश्रो दिन सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँ घटेको छ भने चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँ घटेको छ ।

मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ७१ हजार २ सय रुपैयाँमा कारोबार हुँदा तेजाबी सुनको मूल्य ७० हजार ९ सय रुपैयाँ तोलामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार मंगलबार चाँदीको मूल्य ८ सय ५० रुपैयाँ प्रतितोलामा कारोबार भएको छ ।

सोमबार छापावाल सुन प्रतितोला ७१ हजार ६ सयमा कारोबार हुँदा तेजाबी सुन प्रतितोला ७१ हजार ३ सयमा कारोबार भएको थियो । यस्तै चाँदी प्रतितोला ८ सय ५५ रुपैयाँ प्रतितोलामा बिक्रीवितरण भएको महासंघले जानकारी दिएको छ ।