२४ भदौ, काठमाडौं । पछिल्लो दुई महिनादेखि उतारचढाव देखिएको सुनको मूल्य मंगलबार घटेको छ ।

सोमबार ७१ हजार ७ सयमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार ७१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजाबी सुनमा पनि ७ सय रुपैयाँ घटेर मंगलबार ७० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी चाँदीमा पनि प्रतितोला १० रुपैयाँ घटेर ८ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।